शुक्रबार, जेष्ठ १,२०८३ 12:26:43
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 12:26:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यी ४ कम्पनीको सेयरमूल्य समायोजन

Laxmi Sunrise Bank Limited
यी ४ कम्पनीको सेयरमूल्य समायोजन
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ४ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा शिखर इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी र कुथेली बुखरी स्मल हाइड्रोको सेयरमूल्य समायोजन भएको हो । यी सब्र कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपश्चात शिखर इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ६१५ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६५१.९० रुपैयाँ कायम थियो । कम्पनीले गत आवका लागि ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ६.३१५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

Bizshala
New Office
CG Motors

यस्तै सन नेपाल लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै सेयरमूल्य प्रतिकित्ता ४८९.५२ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५१४ रुपैयाँ कायम थियो । सन नेपाल लाइफ इन्स्योरेन्सले गत आवका लागि ५ प्रतिशत बोनस सेयर र १५।२६३२ प्रतिशत नगद लाभांश९करसहित० गरी कुल २०।२६६२ लाभांश घोषणा गरेको छ ।

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ३९१.०९ रुपैयाँ निर्धारण भएको छ । यो कम्पनीले पनि आव २०८१÷८२ का लागि १० प्रतिशत बोनस सेयर र ०.५२३६ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

कुथेली बुखरी स्मल हाइड्रोको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । जसपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ६५० रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ८१५ रुपैयाँ कायम थियो ।

आजको कारोबारमा नयाँ समायोजित मूल्यका आधारमा यी सबै कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X