लालीगुराँस नगरपालिकाले बाँदर धपाउन जेठ १ गते सार्वजनिक बिदा दिने
काठमाण्डौं । लालीगुराँस नगरपालिकाले बाँदरको बढ्दो आतंक नियन्त्रण गर्न तथा कृषकको खेतीबाली जोगाउने उद्देश्यले जेठ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले बाँदरलाई सामूहिक रूपमा लखेटेर नगरपालिका सीमाभन्दा बाहिर पठाउने विशेष अभियान सञ्चालन गर्न लागेकाले सो दिन अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने जनाएको हो।

