लुम्बिनी मन्त्रिपरिषद् पुनर्गठनपछि नयाँ सत्ता समीकरण, पाँच मन्त्रीले लिए शपथ
काठमाण्डौं । लुम्बिनी प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठनसँगै नयाँ पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलमा सोमबार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

