भारतको पावर ग्रिडबाट लिटमस इन्डस्ट्रिजलाई ऐतिहासिक मान्यता, सीमापार प्रसारण लाइनका लागि छनोट हुने एकमात्र नेपाली उत्पादक
काठमाण्डौ । भारतको केन्द्रीय विद्युत् प्रसारण संस्था Power Grid Corporation of India (PGCIL) ले सीमापार उच्च भोल्टेज विद्युत् प्रसारण परियोजनाका लागि Litmus Industries Limited लाई आपूर्तिकर्ताको रूपमा स्वीकृति दिएको छ। यससँगै लिटमस इन्डस्ट्रिज सीमापार विद्युत् प्रसारण लाइनका लागि छनोट हुने एकमात्र नेपाली उत्पादक कम्पनी बनेको छ ।

