माई खोला हाइड्रोपावरको नाफा २५.५८% ले घट्यो, आम्दानी र ईपीएस कति ?
काठमाण्डौ । माई खोला हाइड्रोपावरको आम्दानी घटेसँगै नाफामा गिरावट आएको छ । कम्पनीको खुद नाफा २५.५८ प्रतिशतले घटेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा ५४ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा भने कम्पनीले ७३ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

