काठमाण्डौ । माई खोला हाइड्रोपावरको आम्दानी घटेसँगै नाफामा गिरावट आएको छ । कम्पनीको खुद नाफा २५.५८ प्रतिशतले घटेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा ५४ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा भने कम्पनीले ७३ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले गत आवमा विद्युत बिक्रीबाट १ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीबाट २ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको थियो । यो अवधिमा कम्पनीको वित्त खर्च ६१ लाख ६ हजार, प्रशासनिक खर्च ११ लाख १८ हजार रुपैयाँ र ह्रासकट्टी ४९ लाख ४३ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै कम्पनीको रिटेन्ड अर्निङ ९२ लाख ५७ हजार रहेको छ । कम्पनीको इपीएस ५.५९ रुपैयाँ, नेटवर्थ १०२.३६ रुपैयाँ, पीइ रेसियो १२०.५१ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७७.८५ रुपैयाँ रहेको छ ।

