मकरी गाड हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । मकरी गाड हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओको निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । जेठ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असार १८ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।