क्यानडामा लिबरल पार्टीले जित्यो चुनाव, पूर्व गभर्नर कार्नी प्रधानमन्त्रीमा यथावत रहने
काठमाण्डौ । क्यानडाको आम चुनावमा मार्क कार्नीको लिबरल पार्टीले जित हासिल गरेको छ । यससँगै कार्नी क्यानडाको प्रधानमन्त्री पदमा यथावत रहने भएका छन् । राजनीतिक नवप्रवेशी कार्नीले गत महिना मात्र आफ्नो पूर्ववर्ती जस्टिन ट्रुडोले राजीनामा दिएपछि प्रधानमन्त्रीको रुपमा शपथ लिएका थिए।उत्तरी सहर फोर्ट स्मिथकोमा जन्मिएका कार्नी क्यानडाको केन्द्रीय बैंकको गभर्नर भएका थिए र...