ऐन–कानून संशोधन गर्दै पर्यटनमैत्री वातावरण निर्माण गरी पर्यटक आगमनमा उल्लेख्य वृद्धि गरिनेछ: पर्यटन मन्त्री पौडेल
काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) ले पर्यटन क्षेत्रसँग सम्बन्धित दशकौं पुराना ऐन–कानुन संशोधन गरी नेपाललाई थप पर्यटनमैत्री गन्तव्यका रूपमा विकास गरिने बताएका छन् । होटल संघ नेपालले सोमबार होटल हिमालयमा आयोजना गरेको ‘आतिथ्य संवाद’ कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री पौडेलले पर्यटन क्षेत्रको दीर्घकालीन विकासका...

