मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा
काठमाण्डौ । मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा आएको छ । उक्त सडकखण्ड आज बिहान ५ बजेदेखि यातायात एकतर्फी सञ्चालनमा ल्याइएको हो । पहिरोका कारण शुक्रबार साँझदेखि बन्द रहेको सडक आइतबार दिउँसो अबेर मात्रै एकतर्फी सञ्चालनमा ल्याइएको थियो । तर पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको थियो ।