नागढुंगा सुरुङमार्गमा नगद नचल्ने, ‘एन–ट्याग’बाटै टोल भुक्तानी
काठमाण्डौ । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले सडक दस्तुर नगदमा तिर्न नपाउने भएका छन्। सरकारले डिजिटल ‘एन–ट्याग’ कार्ड, आरएफआईडी स्टिकर र क्यूआर कोडमार्फत मात्रै शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाएको हो।सडक बोर्ड नेपालका अनुसार नियमित रूपमा सुरुङमार्ग प्रयोग गर्ने सार्वजनिक, मालवाहक तथा पर्यटक सवारीमा एन–ट्याग कार्ड र आरएफआईडी स्टिकर अनिवार्य हुनेछ।...

