नेशनल वायोटेकले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । सर्वसाधारणका लागि साधारण सेयर(आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्न नेशनल वायोटेकले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ। नेशनल वायोटेकको गत मंगलबार बसेको सञ्चालक समितिको बैठकले मंसिर ५ गतेका लागि साधारण सभा बोलाउने निर्णय गरेको हो। उक्त सभा काठमाण्डौको नयाँबजारस्थित ए वान क्याफे एण्ड पार्टी प्यालेसमा आयोजना हुनेछ ।