नयाँ संसद् भवन अधुरै, बजेट पुरानै हलबाट आउने
काठमाण्डौं । संघीय संसद्को नयाँ भवन समयमै तयार हुन नसकेपछि सरकारले आगामी आर्थिक वर्षको बजेट फेरि पुरानै बहुउद्देश्यीय हलबाट प्रस्तुत गर्नुपर्ने अवस्था बनेको छ । निर्माणाधीन नयाँ संसद् हलको फिनिसिङ र प्राविधिक काम अझै नसकिएकाले १५ जेठको संयुक्त बैठक हाल सञ्चालन भइरहेकै संसद् हलमा राख्ने तयारी गरिएको हो ।

