लुटिएका हातहतियार तत्काल बुझाउन सेनाको आग्रह, फेला परे कारबाही गर्ने
काठमाण्डौ । नेपाली सेनाले जेनजीको आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियार, गोलीगट्ठा र सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।