काठमाण्डौ । नेपाली सेनाले सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्कन आग्रह गरेको छ । सेनाले आज बिहानैदेखि सडकमा जनताको जीउ धन र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि माइकिङ गर्दै आग्रह गरिरहेको हो ।
नेपाली सेनाले काठमाण्डौका सडकहरूमा बिहानैदेखि गस्ती गरिरहेको छ । जेनजी आन्दोलनको फाइदा उठाउँदै अन्य केही समूह लुटपाट तथा अराजकतामा उत्रिएसँगै सेनाले सम्पूर्ण सुरक्षा आफ्नो जिम्मा लिएको हो । लुटपाटमा संलग्नलाई सेनाले धमाधम पक्राउ गरिरहेको छ ।
सेनाले हिजो राति १० बजेबाट सुरक्षा जिम्मा आफ्नो हातमा लिएको छ ।
सेनाले सार्वजनिक स्थानमा भीडभाड नगर्न, सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड नगर्न सबैमा आग्रह गरेको छ । यदि कोही व्यक्ति त्यस्तो कार्यमा संलग्न भएको पाइए तुरुन्तै खबर गर्न आग्रह गरिएको छ ।