दक्षिण एशियाली मूलका ममदानी न्यूयोर्कको पहिलो मुस्लिम मेयर बन्ने पक्का
काठमाण्डौ । संयुक्त राज्य अमेरिकाको विश्व चर्चित शहर न्यूयोर्कको मेयरमा डेमोक्रेटिक उम्मेदवार जोहरान ममदानी निर्वाचित हुने पक्पापक्की भएको छ । नोभेम्बर ४ मा भएको निर्वाचनमा उनको जित निश्चित मानिएको छ ।सीबीएसका अनुसार ३४ वर्षीय ममदानी न्यूयोर्कको सबैभन्दा कान्छा र १०० वर्षे इतिहासमा पहिलो मुस्लिम र दक्षिण एसियाली मेयर हुनेछन्। ममदानीको जित पक्का हुनासाथ उनका समर्थकहरु...

