सोमबार, श्रावण १८,२०८३ 08:56:30
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 08:56:30
Bizshala
Global IME Bank Limited

दक्षिण एशियाली मूलका ममदानी न्यूयोर्कको पहिलो मुस्लिम मेयर बन्ने पक्का

दक्षिण एशियाली मूलका ममदानी न्यूयोर्कको पहिलो मुस्लिम मेयर बन्ने पक्का
New Office

काठमाण्डौ । संयुक्त राज्य अमेरिकाको विश्व चर्चित शहर न्यूयोर्कको मेयरमा डेमोक्रेटिक उम्मेदवार जोहरान ममदानी निर्वाचित हुने पक्पापक्की भएको छ । नोभेम्बर ४ मा भएको निर्वाचनमा उनको जित निश्चित मानिएको छ ।

सीबीएसका अनुसार ३४ वर्षीय ममदानी न्यूयोर्कको सबैभन्दा कान्छा र १०० वर्षे इतिहासमा पहिलो मुस्लिम र दक्षिण एसियाली मेयर हुनेछन्। ममदानीको जित पक्का हुनासाथ उनका समर्थकहरु खुसीले उफ्रिएर उत्सव मनाउन थालेका छन् ।  

जोहरान क्वामे ममदानीको जन्म सन् १९९१ मा युगान्डाको राजधानी कम्पालामा भएको थियो। ममदानीको बुबाले उनलाई क्रान्तिकारी र घानाका पहिलो प्रधानमन्त्री क्वामे एनक्रुमाहको नाममा मध्य नाम ‘क्वामे’ दिएका थिए । ममदानी प्रसिद्ध भारतीय–अमेरिकी फिल्म निर्देशक मीरा नायर र कोलम्बिया विश्वविद्यालयका प्रोफेसर महमूद ममदानीको छोरा हुन्।

उनले आफ्नो प्रारम्भिक दिन कम्पालामा बिताए र त्यसपछि पाँच वर्षको उमेरमा दक्षिण अफ्रिका आएका थिए । ममदानीका भारतीय मूलका पिता महमूद ममदानी केप टाउन विश्वविद्यालयका प्राध्यापक थिए। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.