निभिक्स फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान
काठमाण्डौ । निभिक्स फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणहरुका लागि आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ जारी गर्ने प्रस्तावसहित कम्पनीले आगामी पुस १८ गते साधारण सभा गर्ने भएको छ ।उक्त निर्णय कम्पनीको सञ्चालक समितिको मंसिर २५ गते, बिहीबार बसेको बैठकले गरेको हो । साधारण सभा पोखरा इभेन्ट सेन्टर, पोखरामा आयोजना हुनेछ ।

