एनआरएन अफ्रिका भेन्चर्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने
काठमाण्डौ । एनआरएन अफ्रिका भेन्चर्सले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।कम्पनीले आगामी पुस १९ गते काठमाण्डौको बुढानिलकण्ठमा रहेको होलिडे इन रिसोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

