यसै साताबाट अडलट सेयरको कारोबार हुने, यस्तो छ प्रक्रिया
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले यसै साताबाट अडलट सेयर अर्थात १० कित्ता भन्दा तलको सेयरको पनि नियमित रुपमा कारोबार गर्ने तयारी गरेको छ । नेप्सेस्थित उच्च स्रोतले दिएको जानकारीअनुसार यसको तयारीको लागि नेप्सेको प्राविधिक टोलीको तयारी अन्तिम अवस्थामा रहेको छ । यससँगै अब कुनै सेयरधनीको खातामा भएको १० कित्ता भन्दा तलको सेयर अब नियमित रुपमा नै कारोबार गर्न सकिने भएको छ ।...