आयकर लगाउने पहिलो खाडी राष्ट्र बन्दै ओमान, तेलमाथिको निर्भरता घटाउने लक्ष्य
काठमाण्डौ । ओमानले सन् २०२८ देखि आयकर लगाउने भएको छ। यससँगै ओमान आयकर लगाउने पहिलो खाडी राष्ट्र बन्नेछ। यो नयाँ कर ५ प्रतिशत हुनेछ । वार्षिक आम्दानी ४२ हजार रियाल(१ लाख ९ हजार डलर) वा सोभन्दा बढी भएका व्यक्तिहरूमा मात्र यो कर लागू हुनेछ।ब्लुमबर्गले ओमानको सरकारी समाचार एजेन्सीलाई उद्धृत गर्दै यो खबर दिएको हो । यो व्यवस्थाले उच्चतम कमाउनेहरू लगभग १ प्रतिशत भन्दा बढी प्रभावित...