ओपेक प्लसमा बन्यो तेल उत्पादन बढाउने सहमति, कार्यान्वयन भने अनिश्चित
काठमाण्डौ । तेल उत्पादक राष्ट्रहरूको समूह ओपेक प्लसले जुन महिनाका लागि दैनिक करिब १ लाख ८८ हजार ब्यारेलले उत्पादन लक्ष्य बढाउने सैद्धान्तिक सहमति जनाएको छ। तर अमेरिकी र इरानबीच जारी युद्ध र खाडी क्षेत्रबाट आपूर्ति अवरुद्ध भइरहेकाले यो वृद्धि व्यवहारमा तत्काल देखिने सम्भावना कम रहेको जनाइएको छ ।यो निर्णय साउदी अरेबिया, इराक, कुवेत, अल्जेरिया, कजाकस्तान, रुस र ओमान सम्मिलित...

