भारतको रेल सेवामा हरित फड्को, पहिलो हाइड्रोजन ट्रेन सञ्चालनमा
काठमाण्डौ । भारतले स्वदेशमै विकास गरेको पहिलो हाइड्रोजन इन्धनबाट चल्ने यात्रुवाहक ट्रेन सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार हरियाणाको जिन्द रेलवे स्टेशनबाट जिन्द–सोनिपत रुटमा चल्ने ट्रेनको उद्घाटन गरेका हुन्।हाइड्रोजन फ्युल सेल प्रविधिमा आधारित ट्रेनले हाइड्रोजन र अक्सिजनको रासायनिक प्रक्रियाबाट विद्युत् उत्पादन गर्छ। सञ्चालनका क्रममा...

