सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपः ३०० मिटर नेपाली भूमि पसेर बाँध भत्काइयो
काठमाण्डौ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएपछि स्थानीय बासिन्दासँग विवाद भएको छ।स्थानीयका अनुसार आइतबार दिउँसो करिब साढे ३ बजे भारतीय एसएसबीका करिब ७५ जना सुरक्षाकर्मी सुस्ता गाउँपालिका–५ स्थित थारु टोल क्षेत्रमा प्रवेश गरेका थिए। तीमध्ये करिब १५ जना सादा...

