फाप्लु विमानस्थलमा १७ दिनपछि पुनः उडान सुरु
काठमाण्डौ । सोलुखुम्बुको फाप्लु विमानस्थलमा पुनः उडान सुचारु भएको छ । प्रतिकूल मौसमका कारण गत २६ जेठदेखि अवरुद्ध उडान १७ दिनपछि पुनः सुरु भएको हो । बुधबार नेपाल वायुसेवा निगमको ट्विनअटर जहाज काठमाण्डौबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाण्डौ फर्किएको हो । फाप्लु जादा उक्त जहाजमा १२ जना यात्रु थिए भने काठमाण्डौ फर्कदा १० जना यात्रु थिए।