काठमाण्डौ । सोलुखुम्बुको फाप्लु विमानस्थलमा पुनः उडान सुचारु भएको छ । प्रतिकूल मौसमका कारण गत २६ जेठदेखि अवरुद्ध उडान १७ दिनपछि पुनः सुरु भएको हो ।
बुधबार नेपाल वायुसेवा निगमको ट्विनअटर जहाज काठमाण्डौबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाण्डौ फर्किएको हो । फाप्लु जादा उक्त जहाजमा १२ जना यात्रु थिए भने काठमाण्डौ फर्कदा १० जना यात्रु थिए।
१७ दिनसम्म उडान ठप्प हुँदा जटिल अवस्थाका बिरामी तथा अशक्तहरूको उपचारमा कठिनाई आईरहेको थियो । तर उडान सुरु भएसँगै भने यस क्षेत्रका स्थानियले केही राहत महशुस गरेको बताएका छन् ।