ब्रह्मज्योति होल्डिङको ब्रम्हलुट, फोन गरेरै प्रिमियम मूल्यमा प्रि–आईपीओको पैसा उठाइँदै !
काठमाण्डौ । पछिल्लो समय प्रि–आईपीओको नाममा लगानीकर्ताहरुबाट पैसा उठाउने धन्दा मौलाउन थालेको छ । धितोपत्र दोस्रो बजारमा आउनु अगावै सर्वसाधारणहरुलाई विभिन्न कम्पनीहरुको संस्थापक सेयर बिक्री गराउने खेती भित्रभित्रै निकै मौलाइरहेको छ । विशेषतः बैंकहरुले आईपीओको प्रस्ताव ल्याउने कम्पनीहरुलाई थप ऋण दिन थालेपछि बजारमा प्रि–आईपीओको नाममा पैसा उठाउने धन्दा मौलाउँदै गएको...