रास्वपाले पहिलो महाधिवेशनअघि देशव्यापी संगठन विस्तार तीव्र बनाउने, तोकियो सांसद तथा केन्द्रीय नेताहरूलाई समन्वय जिम्मेवारी
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी पहिलो महाधिवेशनलाई लक्षित गर्दै देशव्यापी संगठन विस्तार र अधिवेशन सञ्चालनलाई तीव्रता दिने निर्णय गरेको छ। महाधिवेशनअघि वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने उद्देश्यसहित पार्टीले केन्द्रीय नेताहरूलाई विभिन्न जिम्मेवारीमा खटाएको छ।

