प्रभू बैंककी सीबीओ रश्मी पन्त एकाएक गायब, सीआईबी पक्राउ गर्ने साइत कुर्दै
काठमाण्डौ । प्रभू बैंकको प्रमुख विजिनेश अफिसर(सीबीओ) रश्मी पन्त एक सातादेखि फरार रहेकी खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल लगायत तीन उच्च पदस्थलाई साताअघि बबरमहल(बिजुलीबजार)स्थित मुख्य कार्यालयबाट पक्राउ गरेको थियो ।

