ल्हेन्दे खोलामा बाढीको जोखिम बढेपछि रसुवागढी जलविद्युत् आयोजनाको उत्पादन बन्द
काठमाण्डौ । ल्हेन्दे खोलामा पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरेको छ।सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि आयोजनाको विद्युत् उत्पादन रोकिएको हो। खोलाको अवस्था सामान्य भए सोमबारदेखि पुनः विद्युत् उत्पादन सुरु गरिने जनाइएको छ ।गत वर्ष असार २४ गते...

