आजदेखि ‘रिलायबल समृद्धि योजना–२’ को सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला
काठमाण्डौ । रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘रिलायबल समृद्धि योजना–२’ को इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने भएको छ । रिलायबल लाइफ इन्स्योरेन्स कोष प्रवद्धक र रिलायबल क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन खुला भएको हो ।कुल निष्कासनमध्ये बीज पूँजीबापत १ करोड ४० लाख कोष प्रवद्धक रिलायबल लाइफ इन्स्योरेन्स र १० लाख इकाई...

