आज गणतन्त्र दिवस मनाइँदै, प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने
काठमाण्डौ । आज गणतन्त्र दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आएको छ ।

