उडिरहेको विमानको झ्याल फुट्दा यात्रु बाहिर तानिए, श्रीमतीले पाँच मिनेटसम्म समातेर जोगाइन्
काठमाण्डौ । ग्रीसको थेसालोनिकीबाट जर्मनीको मेमिङ्गेनका लागि उडेको र्यानएयरको बोइङ ७३७ विमानमा शुक्रबार बिहान एक डरलाग्दो घटना भएको छ। विमान करिब २० हजार फिटको उचाइमा उडिरहेका बेला इन्जिनमा समस्या आएपछि त्यसबाट निस्किएको टुक्रा ठोक्किँदा एउटा यात्रु झ्यालबाट बाहिरतर्फ तानिएका थिए।घटनामा ६१ वर्षीय सर्बियाली नागरिकको टाउको र काँधसम्मको भाग विमानको झ्यालबाहिर पुगेको...

