सुनचाँदी बजारमा ठूलो गिरावट, दुई दिनमै सुन ६५ सयले सस्तो
काठमाण्डौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार दोस्रो दिन ठूलो गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा आएको दबाबसँगै स्थानीय बजारमा पनि सुनको भाउ एकैदिन तोलामा ५ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँमा झरेको हो ।

