सहकारीमा बेथिति बढ्नुको कारण खुल्यो, आयोगले देखायो राज्यकै कमजोरी
काठमाण्डौं । नेपालमा सहकारी क्षेत्र संकटको गहिरो दलदलमा फस्नुका पछाडि केवल केही सञ्चालकको बदमासी मात्र नभई कमजोर राज्य संयन्त्र, राजनीतिक संरक्षण, फितलो नियमन र अव्यवस्थित विस्तार जिम्मेवार रहेको सरकारी प्रतिवेदनले औंल्याएको छ । सरकारले सार्वजनिक गरेको ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदनले सहकारी क्षेत्रको अहिलेको संकटलाई संरचनागत विफलताको...

