सानिमा मिडिल तमोरको स्वतन्त्र सञ्चालकमा सुनुवार नियुक्त
काठमाण्डौ । सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडको स्वतन्त्र सञ्चालकमा सुवास चन्द्र सुनुवार नियुक्त भएका छन् । असोज २९ गते सम्पन्न कम्पनीको दशौं वार्षिक साधारण सभाबाट सुनुवारलाई स्वतन्त्र सञ्चालक नियुक्त गरिएको हो ।