करको भारी जनतामाथि, ढुकुटीचाहिँ रित्तिँदै
काठमाण्डौं । नेपालमा करका प्रकार र दर दुवै उच्च भइरहेका बेला सरकारको ढुकुटी भने झन् कमजोर बन्दै गएको देखिएको छ । आयकरदेखि भ्याट, भन्सार, अन्तःशुल्क, डिजिटल सेवा कर, शिक्षा सेवा कर, स्वास्थ्य जोखिम कर र हरित करसम्म डेढ दर्जनभन्दा बढी शीर्षकमा कर उठाइँदा पनि राज्यको वित्तीय अवस्था दबाबमा परेको हो ।

