निजामतीमा ठूलो पुनर्संरचना प्रस्ताव: १० हजार कर्मचारी एकैपटक अवकाश, पक्ष–विपक्षमा तीव्र बहस
काठमाण्डौ । सरकारले निजामती प्रशासनको संरचनामा व्यापक पुनर्संरचना गर्दै करिब १० हजार कर्मचारीलाई एकैपटक अनिवार्य अवकाशमा पठाउने कानूनी व्यवस्था अघि बढाएको छ। प्रस्तावित निजामती सेवा विधेयकमा ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एकपटकका लागि अवकाश दिने विशेष संक्रमणकालीन प्रावधान समावेश गरिएको छ।

