आईपीओको प्रस्ताव पारित गर्न सारथी केवल इन्डष्ट्रीजले डाक्यो साधारण सभा
काठमाण्डौ । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । साउन १६ गते बसेको. कम्पनीको सञ्चालक समितिको बैठकले प्रथम वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा आगामी भदौ ११ गते रुपन्देहीमा रहेको कम्पनीको कार्यालयमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ ।