आईपीओको तयारीमा रहेको जगदम्बा स्पिनिङ मिल्सको नाम परिवर्तन
काठमाण्डौ । जगदम्बा स्पिनिङ मिल्सको नाम परिवर्तन भएको छ । कम्पनीको नाम परिवर्तन भई सर्वोत्तम स्पिनिङ मिल्स लिमिटेड कायम भएको हो ।जगदम्बा स्पिनिङ मिल्सको नाममा रहेको सम्पूर्ण चल÷अचल सम्पत्ति तथा तिर्नुपर्ने ऋण,धन, कर दायित्व आदि परिवर्तित कम्पनीले सकार्ने गरी कम्पनीको नाम परिवर्तन भएको हो ।

