ललितपुरमा विदेशी रक्सी उत्पादन गर्ने कारखानामा प्रहरीको छापा, चार पक्राउ, ठूलो परिमाणमा सामग्री बरामद
काठमाण्डौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरबाट नक्कली विदेशी ब्रान्डका मदिरा उत्पादन तथा कारोबारमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । विदेशी कम्पनीका चर्चित मदिराको नाम र लेबल प्रयोग गरेर अवैध रूपमा रक्सी उत्पादन भइरहेको सूचनापछि गरिएको विशेष अपरेशनमा उनीहरू पक्राउ परेका हुन् ।

