शिक्षकले कम्तीमा तीन वर्ष एउटै विद्यालयमा पढाउनुपर्ने, दुईदिने सार्वजनिक बिदा यथावतः शिक्षामन्त्री
काठमाण्डौ । शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले शिक्षकले कार्यरत विद्यालयमा कम्तीमा तीन वर्ष सेवा गरेपछि मात्रै सरुवा हुन पाउने व्यवस्था यथावत् रहने बताएका छन् ।शिक्षा पत्रकार समूहका प्रतिनिधिहरूसँग शुक्रबार भएको भेटघाटमा मन्त्री पोखरेलले शिक्षा नियमावली तत्काल संशोधन गर्ने सरकारको कुनै योजना नरहेको स्पष्ट पारे। ‘शिक्षकले आफू कार्यरत...

