सोमानी सेरामिक्सको ब्रान्ड एम्बेस्डरमा पारस खड्का नियुक्त
काठमाण्डौ । टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेडले नेपाल तथा दक्षिण–पूर्व एसियाका लागि नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का लाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।यो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्ताहरुसँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ ।

