काठमाण्डौ । टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेडले नेपाल तथा दक्षिण–पूर्व एसियाका लागि नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का लाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
यो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्ताहरुसँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ ।
पारस खड्का नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको रुपमा रहने र उनले टायल्स, बाथवेयर, एडेशिभ र वाटरप्रुफि∙लगायत सोमानी सेरामिक्सका सम्पूर्ण उत्पादनहरुको ब्राण्ड प्रवर्धनका विभिन्न क्रियाकलापमा सहभागी गराईने कम्पनीले जनाएको छ ।
सहकार्यको बारेमा बोल्दै, सोमानी सेरामिक्सका सह–अध्यक्ष सुजित मोहन्तीले पारस खड्कालाई सोमानी परिवारमा स्वागत गर्न पाउँदा खुसी रहेको वताउदै, उनको लगनशीलता र उत्कृष्टताको यात्राले हाम्रो नवीनता र नेतृत्वको सिद्धान्तलाई झल्काउने बताए । ‘नेपाल, लामो समयदेखि हाम्रो सबैभन्दा मूल्यवान बजारहरू मध्ये एक रहेकोले पारसको विश्वसनीयता र मानिसहरूसँगको सम्बन्धले हाम्रो गुणस्तर, डिजाइन र विश्वासको लक्षलाई अझ बलियो बनाउने र साथै वहाँले यो सहकार्य केवल साझेदारी मात्र होइन, अग्रणी ब्यक्तित्व र अग्रणी कम्पनीको मिलन हो, जसले सुन्दर भविष्य निर्माणका लागि प्रेरणा दिनेछ’ उनले भने ।

