ऋण नतिर्ने ओरेण्टल सहकारीका २८४ ऋणीको तीन पुस्तेसहित नाम सार्वजनिक(सूचिसहित)
काठमाण्डौ । समस्याग्रस्त घोषित ओरेण्टल को-अपरेटिभसँग सम्बन्धित २८४ जना ऋणीहरूको विस्तृत विवरण सरकारले सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण असुली प्रक्रिया तीव्र बनाउने क्रममा ऋणीहरूको नामावली सार्वजनिक गर्दै तत्काल दायित्व भुक्तानी गर्न निर्देशन दिएको हो ।

