नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेसडर’मा स्वस्तिमा खड्का
काठमाण्डौ । नेपाल टेलिकमले अभिनेत्री स्वस्तिमा खड्कालाई कम्पनीको ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) का साथै कलाकार स्वस्तिमा खड्काले हस्ताक्षर गरे ।

                
                        