देवघाटधाममा सार्वजनिक जग्गा अतिक्रमण हटाइयो, राममन्दिर गुठीको जग्गा पनि अतिक्रमणमा
काठमाण्डौ । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अस्थायी संरचनाहरू हटाइएको छ। देवघाट क्षेत्र विकास समिति र स्थानीय प्रशासनको समन्वयमा वेणी क्षेत्र आसपास अनधिकृत रूपमा बनाइएका टहरा तथा अन्य अस्थायी निर्माणहरू हटाइएका हुन्।

