त्रिशुली जलविद्युत ६.२५ करोड घाटामा, रिटेन्ड अर्निङ पनि ३५.८१ करोड ऋणात्मक
काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको घाटा झनै बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ६ करोड २५ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म पनि कम्पनी ८० लाख ११ हजार रुपैयाँ घाटामा थियो । कम्पनीले हाल ३७ मेगावाटको त्रिशुली बीथ्री हाईड्रो इलेक्ट्रिक प्रोजेक्ट आयोजना गरिरहेकाले विद्युत बिक्रीबाट कुनै पनि आम्दानी गरेको छैन । यो...

