ट्रम्पद्वारा युक्रेनसँग सम्झौता खोज्न सहयोग गर्ने पुटिनलाई प्रस्ताव, जेलेन्स्कीसँग पनि गरे कुराकानी
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब ९० मिनेट लामो टेलिफोन वार्ता गर्दै युक्रेन युद्ध समाधानमा सहयोग गर्न तयार रहेको बताएका छन्। क्रेमलिनका सहयोगी युरी उशाकोभका अनुसार उक्त वार्ता शनिबार भएको हो र यसलाई व्यावसायिक तथा निर्माणात्मक भनिएको छ।उशाकोभका अनुसार ट्रम्पले वार्तामा युद्ध चाँडै अन्त्य गर्ने र कूटनीतिक समाधान...

