यूनिक हाईडेल कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने
काठमाण्डौ । यूनिक हाईडेल कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी माघ २९ गते काठमाण्डौको डिल्लीबजारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

